सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युरोकप फाइनलमा इंल्याण्ड र इटाली आज राती भिड्दै, कस्ले मार्ला बाजि ?

इटाली र इंग्ल्यान्ड यूरो कपको फाइनल खेल नेपाली समय अनुसार, राति १२ः४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दै छन् ।

इटालीले सेमिफाइनलमा स्पेनलाई ‘टाइब्रेकर’मा ४-२ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समय र थप गरिएको समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । यसअघि क्वार्टरफाइनलमा इटालीले बेल्जियमलाई २-१ पराजित गरेको थियो। इटालीले समूह चरणका सबै खेल जितेको थियो।

त्यस्तै, सेमिफाइनलमा डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड ५२ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको हो।

यसअघि क्वार्टरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गरेको थियो। समूह चरणमा भने दुई जित र एकमा बराबरी खेलेको थियो।

लामो पर्खाइपछि दुवैै टीम यूरो कपको उपाधि जित्ने होडमा छन्। इटालीले यसअघि सन् १९६८ मा यूरो कप जितेको थियो भने इंग्ल्यान्डले पहिलो पटक यूरो कपको फाइनल खेल्न लागेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »