सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्राजिललाई उसकै मैदानमा १-० ले पाखा लगाउदै अर्जेन्टिनाले कोपाको उपाधी जित्यो

आइतबार बिहान भएको कोपा अमेरिकन कपको फाइनल खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । आफ्नो राष्ट्रिय टोलीका लागि मेस्सीको यो पहिलो उपाधि हो । यस अघि एक पटक विश्वकप फाइनलमा र पटक पटक कोपाको फाइनलमा निराश बनेका मेस्सीको टोली अर्जेन्टिनाले यसपटक साबिक विजेता ब्राजिललाई १-० ले पाखा लगाउदै कोपाको उपाधी रक्षा गरेको हो । सन् १९९३ पछि पहिलोपटक अर्जेन्टिनाले उपाधि उचालेको हो ।

खेलको २२ औँ मिनेटमा डी पलले उपलब्ध गराएको पास बलमा एन्जल डी मारियाले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
जितसँगै अर्जेन्टिनाले कोपा अमेरिका सर्वाधिक धेरै १५ उपाधी जित्ने उरुग्वेको कीर्तिमानमा बराबरी पनि गरेको छ ।

यो समयका सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइने मेस्सीले राष्ट्रिय टिमबाट पहिलोपटक प्रमुख उपाधि जितेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »