सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदिप कु. तामाङ लागाएतका नेताहरू स्वास्थ्य सामाग्री लिएर तेमाल गापा पुग्दा अध्यक्ष तामाङले गरे स्वागत

काठमाडौँ । युवा नेता प्रदिप कुमार तामाङ र डि यम लामाको सक्रियतामा नौ ओटा अक्सिजन सिलिन्डर लगाएत स्वास्थ्य सामाग्री काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङलाई हस्तान्तरण गरेको छ ।

ओम नेपाल फाउन्डेसन र नेपाली हेरिटिज च्यारिटि फाउन्डेसनको पहलमा तेमाल गाउँपालिका स्वास्थ्य शाखालाई कोभिड (१९) को तेस्रो लहरबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

नेकपा (एमाले ) तेमाल गाउँपालिकाको युवा नेता तथा जिल्ला कमिटी सदस्य प्रदिप कुमार तामाङ, नेकपा (माओवादी) को युवा नेता डि एम लामा लगाएतका व्यक्तिहरु तेमाल गाउँपालिकाको स्वास्थ्य शाखामा पुगेर अध्यक्ष तामाङ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युवा नेताहरु सीजन तामाङ, कल्पना तामाङ, खुसराज लामा उपस्थीत रहेका थिए भने पालिका तर्फबाट अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, स्वस्थ्य शाखाको इन्चार्ज शिवहरी पाठक लगाएतका व्यक्तिहरु उपस्थिति रहेको थियो ।

नेता प्रदिप कुमार तामाङले स्वस्थ्य सामाग्री हस्तान्तरण गर्दै सही ठाउँमा, समस्यामा परेका व्यक्तिहरुको लागि हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री सदुपयोग गर्न अध्यक्ष सलाम सिं तामाङलाई अनुरोध गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए भने अध्यक्ष सलाम सिं तामाङले चुनावमा प्रत्यक्ष देखादेख भएपछि पुनः स्वास्थ्य सामाग्री लिएर आउँदा भेटन पाएकोमा अति खुशी भएको व्यांग्यात्मक शैलीमा ठट्टा गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गरेर तेमाल गाउँ सरकारलाई सहयोग गरेकोमा हार्दिकताका साथ धन्यवाद दिनु भएको थियो ।

तेमाल गाउँपालिकाको गाउँ अधिवेशनको विषयमा उठेको समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर नेता प्रदिप कुमार तामाङ, डि एम तामाङ लगाएतका उपस्थित नेताहरुसँग अध्यक्ष सलाम सिं तामाङले सल्लाह गरेका थिए ।


उपलब्ध स्वास्थ्य सामाग्रहरुको विवरण

भर्खरै

सम्बन्धित खबर

Language »