सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुगलले टिकटकसँग प्रतिस्पर्धा गर्न विश्वव्यापी रूपमा “युट्युब शर्टस्” एप ल्याउने

काठमाडौं । गुगलले छोटो भिडिओका लागि चर्चित टिकटकसँग प्रतिस्पर्धा गर्न ल्याएको ल्याएको आफ्नो एप ‘युट्युव शर्ट्स’ अब नेपाल सहित विश्वव्यापी रुपमा उपलब्ध गराउने भएको छ । गएको भदौमा भारतबाट सुरु भएको युट्युव शर्ट्स हाल अमेरिका लगायत युरोपका धेरै देशमा उपलब्ध छ ।

अब भने कम्पनीले यसलाई विश्वव्यापी रूपमै उपलब्ध गराउने भएको हो । गुगलले टिकटक जस्तै एक मिनेटसम्मको छोटो भिडियो शेयर गर्न मिल्ने गरी युट्युव शर्ट्स ल्याएको छ ।

पछिल्लो समय विभिन्न फिचरमा काम गरिरहेको कम्पनीले यसअघि युट्युवमा उपलब्ध सम्पूर्ण भिडियोको साउण्ड प्रयोग गर्न सकिने फिचर ल्याएको थियो । पछिल्लो समय युट्युव शर्ट्सका प्रयोगकर्ता पनि उल्लेख्य रुपमा वृद्धि भइरहेका छन् ।

त्यसैले पनि कम्पनीले यसलाई अब विश्वव्यापी रुपमा उपलब्ध गराउने भएको हो । हालसम्म पनि बेटा भर्सनकै रुपमा रहेको युट्युव शर्ट्सलाई कम्पनीले युट्युव उपलब्ध भएका एक सयभन्दा बढी देशमा उपलब्ध गराउने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »