सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सि आई बी को मोस्ट वान्टेड गुण्डा नाईके सत्यमान लामा प्रहरी पक्राउमा

काभ्रे जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरको मुद्दामा काभ्रेली गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको छ । धेरै व्यक्तिहरुलाई रकम नभएको चेक दिएको ठगी आरोपमा उनी पक्रेका हुन् । सुरज सापकोटा महानगरीय प्रहरी बृत्त कमलपोखरी र रामकुमार थापा क्षेत्रीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध चेक बाउन्सको उजुरी दिएका थिए ।

२०७७ साल माघ २० गते उनले क्षेत्रीको नाममा काटेको ७० लाखको चेक बाउन्स भएको थियो भने सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको थियोे ।
उच्च अदालत पाटनले लामाविरुद्ध पक्राउपूर्जी जारी गरेपछि लामा फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि खोजी गर्दै आएको थियो । यस अधि उनी सिमाला लुटपाटको धन्दामा पनि सक्रिय रहँदै आएको बताइएको छ । काभ्रे प्रहरीले उनलाई काभ्रेको रोशी गाउँपालिका कटुन्जेबाट पक्राउ गरेको हो । हाल उनलाई काभ्रे प्रहरीले काठमाडौं पठाई उनीविरुरुद्ध काठमाडौं प्रहरीले मुद्दा चलाउने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »