सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओलीले स्थायी कमिटी बैंककका लागि बोलाए माधव समुहलाई

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले भोलि बिहान ११ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको हाे ।

स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । पार्टी अध्यक्ष ओलीले भालि नै दिउँसो ३ बजेका लागि एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अब बस्ने बैठकमा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । प्रधनमन्त्रीका रुपमा अन्तिम सम्बोधनका क्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने नेपाल समूहप्रति कडा शब्दमा खेद प्रकट गरेका थिए ।

त्यस्तै सरकारी निवास बालुवाटार छोडेर बुधबार निजी निवास बालकोट पुगेका ओलीले माधव नेपाललाई कुनैपनि हालतमा पार्टीमा स्वीकार नगर्ने घोषणा समेत गरेका छन् ।

आन्तरिक विवादमा रहेको एमाले सर्वोच्च अदालतले ओलीलाई हटाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि झनै जटिल मोडमा पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »