सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज जुता चप्पल व्यवसायी संघ बाँकेद्वारा ६७ जनाले गरे रक्तदान


नेपालगन्ज, “दान मध्येको महादान, रक्तदान जीवनदान ” भन्ने मूल नाराका साथ नेपालगन्ज जुता चप्पल व्यवसायी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले रक्तदान गर्नु भएको छ ।

नेपालगन्ज जुता चप्पल व्यवसायी संघका उपाध्यक्ष माधव प्रसाद पोख्रेलका अनुसार नेपालगन्जको सुर्खेतरोड स्वास्तिक कटेज नेपालगन्जमा शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।

नेपालगन्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि अव्दुल वाहिद मन्सुरी, अतिथि लगायतले रगत संकल गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेपालगन्ज जुता चप्पल व्यवसायी संघका महासचिव कुलराज सञ्जनद्वारा सञ्चालित कार्यक्रममा, अतिथिहरुमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, नविल बैंक नेपालगन्ज शाखाका प्रबन्धक ओमकार काफले, सहायक प्रबन्धक कृष्ण पुरासाई, खुद्रा व्यवसायी संघका अध्यक्ष शिव दाहाल, रेडिमेड व्यवसायी संघका सचिव सन्तोष पौडेल, संघका कार्यसमितिका पदाधिकारी, अन्य व्यवसायीहरुको पनि रक्तदान कार्यक्रम उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित भेरी अस्पताल नेपालगन्जको प्राङ्गणमा रहेको प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर, एलिजा चौधरी, हिमाँशु मौर्या, बीरेन्द्र योगी, केशर सिंह डाँगीले प्राविधिकमा सहयोग गर्नु भएको थियो । रक्तदाताहरुको हौसला बढाउनका लागी आयोजकले प्रमाण–पत्र पनि प्रदान गरेको थियो ।

अहिलेको अवस्थामा प्रत्येक दिन बिरामीलाई २० देखि ३० पाकेट सम्म रगतको माँग भईरहेको छ । त्यसैले गर्दा बाँके जिल्लाका बिभिन्न संघ संस्थाहरु संघ रक्तदान गर्न अनुरोध गरेको प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »