सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्याक्सी चालकहरूको विरुद्धमा पठाओ राइडरहरु आन्दोलनमा

काठमाडौँ । ठुला बस र ट्याक्सी चालकहरुको आन्दोलन टुंगिएको छैन । ट्याक्सी चालकहरुले सरकारले लागू गरेको भाडादर प्रणालीकाे विरोधमा आन्दोलन गरिरहेको छ तर काठमाडौँमा आज फरक किसिमको आन्दोलन देखिएको छ ।

नेपाल प्रहरी र ट्रफिक प्रसाशनलाई त्यो आन्दोलनलाई नियन्त्रणमा लिन गाह्रो भइरहेको थियो ।

पठाओ कम्पनीको राइडरहरु ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको भन्दै प्रदर्शनमा उत्रिएको थियो । “राइडर एकता जिन्दाबाद” भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्घारा समस्याको समाधान गर्न पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । तर राइडहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो ।

पठाओका राइडरहरुले आफूहरुमाथि भइरहेको आक्रमण बन्द गर्नका लागि कानुनी मान्यता प्रदान गर्न माग गरेका छन् ।

राइडरहरुको आन्दोलनका कारणले काठमाडौँका विभिन्न स्थानमा गुड्ने सवारी साधानहरुको आगमनमा अवरुद्ध पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »