सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माधवकुमार नेपाललाई अपराधी भन्दै ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै उनले नेता नेपाललाई अपराधीको संज्ञा दिए । उनले नेता नेपाललाई ‘देशद्रोही’को आरोप पनि लगाए ।

“बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक । अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोपसमेत लगाए ।

ओलीले विश्वासको मत दिने बाहेकसँग पार्टी एकताका लागि नेताहरुसँग छलफल गरिहेकेको बताए । अरु गल्ति महशुस गरेर फर्किए पार्टीमा ठाउँ दिने र पार्टीमा नआउने छुट्दै जाने उनको भनाइ छ ।

ओलीले अबको निर्वाचनमा बहुमत ल्याउने जिकिर समेत गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »