सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम

प्रहलाद विश्वकर्मा
नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ३ दिने पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम बुधवार सम्पन्न भएको छ ।


तालिमको समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो उद्धारकर्ता समुदाय आफै हो उनीहरुको क्षमता विकासमा नेपाल रेडक्रसले गरेको योगदान प्रशंसानीय रहेको उल्लेख गर्नु भयो ।

May be an image of one or more people, people standing and outdoors


बाढी विपद्को पूर्वतयारी गर्ने क्रममा समुदाय स्तरका व्यक्तिहरुलाई दक्ष बनाउने अभिप्रायले आयोजित प्रशिक्षणमा पानीजन्य आपत्काल, स्थानीय साधन श्रोतको प्रयोग गरी उद्धार गर्ने विधि, रबरबोट चलाउने तारिका र घाइते व्यक्तिहरुलाई प्राथमिक उपचार गर्ने विधि लगायत विषयमा प्रशिक्षण दिएको कुरा मुख्य प्रशिक्षक शसस्त्र प्रहरी बल शम्शेरगंजका सई टेकप्रसाद आर्चायले बताउनु भएको छ ।

May be an image of body of water


जिल्ला विपद् व्यवस्थापन समिति÷आपत्कालनीन कार्यसंचालन केन्द्रको समन्वय भएको उक्त तालिममा डुडुवा र खजुरा गाउँपालिका अन्र्तगत विपद् प्रभावित क्षेत्र भित्रका समुदाय र सोही वडामा रहेको प्रहरी चौकीका प्रतिनिधि गरी २४ जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुले हामी पहिला पनि उद्धार गर्दै आएको तर हामीसंग लाइफजाकेट, रोप (डोरी) जस्ता सामग्री नहुने र केही उपलब्ध भए पनि सही तारिकाबाट प्रयोग गर्न नजानेको हुदाँ जोखिम लिएर उद्धार गरेको अनुभव सुनाउदै अबका दिनमा आफ्नो प्रथम सुरक्षा गर्दै सिकाइएको विधि अनुसार उद्धार गर्न सक्षम भएको बताएका छन् ।

May be an image of one or more people, people standing and outdoors


तालिममाको अन्तिम दिनमा डुडुवा गाउँपालिका वडा नं. ५ नानापुर्वा स्थित पोखरीमा सीप परिक्षण अर्थात कृत्रिम घटना अभ्यास समेत गरिएको छ ।

May be an image of one or more people, people standing, people playing sports and body of water


नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्र.जि.अ.शिवराम गेलाल, शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक अशोक बम, जिल्ला प्रहरी कार्यालयका नि. कार्यालय प्रमुख मधुसुदन न्यौपाने, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी लगायतको उपस्थिति रहेको थियो भने सहजकर्ताहरुमा शसस्त्र प्रहरी बलका टेकप्रसाद आर्चाय, रमेश थापा, रेडक्रसका दोलख बहादुर डाँगी, रुपन ज्ञवाली र प्रहलाद विश्वकर्मा रहनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »