सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफूलाई डीएसपी हुँ भन्दै बिदेशबाट ल्याइएको सुनको बाला लुट्ने युवक पक्राउ

काठमाडौं । ‘डिएसपी हुँ’ भनेर विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटपाट गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ्गलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

सीतारामले आफ्ना सहयोगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पठाएर विदेशबाट फर्किनेहरूको पिछा गर्न लगाउँथे । पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल बराबरको सुनको बाला लिएर आउँछन् । त्यस्ता बाला धेरैजसो खाडी मुलुकमा बसेर सुनको काम गर्नेहरुले पठाउँछन् । विदेशबाट आउनेहरूले आफ्नै लागि पनि ल्याएका हुन्छन् ।

सुन बोकेर आउनेहरुलाई सहयोगीले पिछा गरेपछि सीताराम गुरुङ्गले उनीहरु चढ्ने ट्याक्सीलाई बिच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने गरेका थिए । सहयोगीलाई हवल्दार र असईको भुमिका दिएर चेकजाँच गरेपछि उनको समूह सुन लिएर भाग्ने गरेको अनुसन्धानबाट खुलेको एसपी बस्नेतले बताए ।

सीतारामको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको थाहा भएको छ । सीताराममाथि महानगरीय प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ । उनको समूहका दुईजनालाई प्रहरीले यसअघि गोङ्गबुबाट पक्राउ गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »