सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आइसोलेशन संचालनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण


प्रहलाद विश्वकर्मा
नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले नेपालगंज उपमहानगरपालिकालाई आइसोलेशन संचालनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


जर्मन दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके र नेपालगंज उपमहानगरपालिकाको समन्वयमा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा व्यवस्था गरिएको स्वास्थ्य सामग्री नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले नेपालगंज उपमहानगरापलिकाका प्रमुख डा. धवल शम्शेर राणालाई हस्तान्तरण गर्नु भएको हो ।

May be an image of one or more people, people standing and outdoors


कोभिड–१९ तेश्रो लहरको पूर्वतयारी गर्ने क्रममा नेपालगंज उपमहानगरपालिकाले बाल मन्दिरमा संचालन हुन लागेको आइसोलेशन केन्द्रका लागि पि.पि.सेट ५ सय थान, थरमगन ३०, सेनिटाइजर १ सय, हाइड्रोकोलोराइड ५० जार, सर्जिकल मास्क ५ हजार, झुल १ हजार, आक्सीजन सिलण्डर ५०, सेनिटाजर डिस्पेन्सर १० लगायत १५ किसिमको रु. ४६ लाख, ८ हजार ७ सय ५० बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

No photo description available.


नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्र.जि.अ. शिवराम गेलाल, जि.आई.जेड.का लुम्बिनी प्रदेश संयोजक निराजन सुवेदी, नेरेसो बाँके शाखाका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यक्रम व्यवस्थापक दोलखबहादुर डाँगी र नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »