सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३८.२८ अंकले बढेर ३ हजार २ सय बिन्दुनजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.२१ प्रतिशतले बढेको हो । बुधबारको नेप्से हालसम्मकै उच्च हो ।

पछिल्ला केही कारोबार दिनयता नेप्सेले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा बुधबार ३ हजार २ सयनजिक पुगेको हो । यस दिन ३ हजार १ सय ७२.३० बिन्दुदेखि कारोबार सुरु भएकोमा ३ हजार २ सय २०.१३ विन्दुसम्म पुगेको थियो ।

नेप्से बढेपछि कुल बजार पुँजीकरण पनि ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । मंगलबार कुल बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब रुपैयाँ थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »