सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थोत्रो पार्टी छोडेर नयाँ पार्टी खोलेकोमा माधवकुमार नेपाललाई बाबुराम भट्टराईको बधाई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले)मा विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।

उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन्।

‘ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयॉ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न। अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस्!’

भर्खरै

सम्बन्धित खबर

Language »