सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थरुहटको आन्दोलनमा काठमाडौंका नेःवा हरुको पनि समर्थन

काठमाडौं ।गत तिनदिनदेखि कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलगायत रिहाइको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरीरहेको आन्दोलनमा काठमाडौंका नेःवा अभियन्ताहरुले पनि  पुर्ण समर्थन गरीरहेका छन् ।

उपत्यका सरोकार मञ्चको अध्यक्ष तथा उपत्यका ब्यापि सडक बिस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी , प्रगतिशिल नागरिक मञ्चका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ लगायत को समुहले आन्दोलनलाई आवश्यक सहयोग गरीरहेको छ ।

कार्यक्रममा नागरीक समाजका अगुवा हरुको पनि ऐकेबद्धता रहेको जनाईएको छ ।

मंगलबार देखि काठमाडौंको माइतीघरमा मोर्चाको अगुवाइमा धर्ना कार्यक्रम भईरहेको थियो ।  उक्त घटनामा निर्दोष भए पनि दोषी करार गर्दै राज्यले रेशमलाई जेलमा राखेको भन्दै मोर्चा आन्दोलनमा उत्रिएको हो ।

घटनाको सत्यतथ्य खोजी गर्नुको साटो आफ्नो अधिकारका लागि गरेको विद्रोहलाई आपराधिक घटनाका रूपमा चित्रण गर्दै निर्दोष थारुहरूलाई फसाएको आरोपसमेत लगाएको छ । झुटा मुद्दा खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

 प्रदर्शनमा सहभागीले नाराबाजी गर्दै विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । पहिलो चरणको कार्यक्रमको आज समापन भएपनि यो आन्दोलनलाई निरन्तरता दिई रहने निणर्य मोर्चाले गरीसकेको जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »