निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवबेचविखन रोक्न नेपाल र भारतका संघसंस्थाविच समन्वय बैठक सम्पन्न

नेपालगञ्ज, मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच समन्वय बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।

सीमा क्षेत्रबाट हुँदै आएको मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच समन्वय र सहकार्य बढाउन सो बैठकको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाले जनाएको छ ।

No description available.

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा सम्पन्न भएको सो बैठकमा दुबै देशका सहभागिहरुले मानवबेचविखन रोक्ने प्रतिवद्धता गरेका छन् । नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले बेचबिखनको रोकथामका लागि दुबै देशविच सहकार्य र समन्वय आवशयक रहेको बताउनुभयो ।

उहाँले जोखिममा परेकालाई उद्दार र पुनस्थापना गर्नको लागि स्थानीय सरकार, संघसंसस्था नागरिक समाजको भुमिका अहम हुनु पर्ने कुरामा जोड दिनुभयो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्लीबहादुर खड्काले नेपाल भारत दुबै तर्फबाट समन्वयात्मक रुपमा सहकार्य गर्नसके मानव बेचविखन जस्तो जघन्य अपराध न्युनिकरण गर्न सकिने बताउनुभयो ।

सो बैठकमा देहात भारतका हसन फिरोजले समन्वय र सहकार्यले मानवबेचविखन रोकिने बताउनुभयो । बाँके युनेस्को क्लवद्वारा सञ्चालन गरिएको ‘प्रोटेक्ट’ परियोजनाका संयोजक महेश नेपालीले यस क्षेत्रको अवस्था बारे जानकारी गराउनु भएको थियो ।

सो महत्वपुर्ण बैठकमा भारतमा मानव बेचखिनको क्षेत्रमा क्रियाशिल कारितास इण्डियाका एनिमेश वीलियम्स, देहात भारतका हसन फिरोज, जेएफ खान, सन्लाप कोलकताका निरज र डिएसडब्लुएस लखनउका राजेश सहभागि हुनुहुन्थ्यो भने प्लान नेपालका सन्तोष पुलामी, साथी संस्थाका सरस्वती पराजुली, शक्ति समुहकी निर्मला पौडेल, माइती नेपालबाट पुष्पा नेपाली, साना हातहरुबाट अम्बिका पुनलगायतको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »