निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी लाई विद्यालय व्यवस्थापन समिति गठन नगर्न उच्च अदालतको आदेश

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाले नियम विपरीत विद्यालय व्यवस्थापन समिति चयन गर्न थालेपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले रोक लगाएको छ ।

अदालतका न्यायधीश ध्रुवराज नन्द र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले तत्कालका लागि विद्यालय व्यवस्थापन समिति भंग गर्ने र नयाँ नेतृत्व चयन गर्ने कार्य नगर्न पालिकालाई आज आदेश दिएको थियो ।

स्थानीय हिरालाल लोनियाले गएको पुष ५ गते जानकी गाउँपालिकाले नियम विपरीत विद्यालय व्यवस्थापन समिति आफै भंग गर्ने र नयाँ समिति चयन गर्ने कार्य गरेको भन्दै त्यस्लाई रोक्न माग गर्दै मुद्दा हाल्नुभएको थियो ।

आगामी चुनावलाई प्रभावित पार्ने मनसायले गाउँपालिकाका कार्यबहाक अध्यक्षसहितका जनप्रतिनिधिले विद्यालय व्यवस्थापन समितिमा आफ्ना मान्छे चयन गर्न थालेको लोनियाको भनाइ छ । जानकी गाउँपालिकामा २४ वटा विद्यालय र १५ वटा मदरसा रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »