सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवकाे निधन

नेपालगन्ज, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवकाे निधनप्रति आज सार्वजनिक सञ्जालमा विभिन्न संस्थाका प्रमुखहरू, उनका आफ्न्तहरू, कर्मचारीलगायतहरूबाट श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।


बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको गएराती निधन भएको छ । गएराती एक्कासी बिरामी भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको जनाइएको छ ।

May be an image of 1 person and text that says 'भावपूर्ण श्रद्धाज्जली'

प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको यादवको राती एक बजे निधन भएको थियो । अध्यक्ष यादवको शवलाई विहानै घर लगिएको र आजै दाहसंस्कार गरिने पनि पारिवारिक स्रोतले जनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा चुनाव जितेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »