सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा पहिलोपटक १० जनालाई पुष्प खेती तालिम सम्पन्न

नेपालगन्ज , बाँकेमा पहिलोपटक पुष्प खेती तालिम सम्पन्न भएको छ । चर्ती फ्लोराले आयोजना उक्त तालिमबाट १० जनालाई प्रशिक्षण दिइएको थियो ।
गत भदौ १० गतेदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । उक्त पाँच दिने तालिमलाई जीआईजेडको सहकार्यमा नेपालगन्ज उप–महानगरपालिका–२०, इमामनगरमा सम्पन्न गरिएको हो ।


चर्ती फ्लोराकी संचालक विन्दुचर्ती मगरले विशुद्ध महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । ‘हामीहरुले फूल खेती सुरु गर्नका लागि बुटवल, काठमाडौं जस्ता ठाउँहरुमा गएर सिकेका हौं । त्यसैले फूल खेतीबाट आत्मनिर्भर हुन चाहने महिला दिदी बहिनीहरुलाई टाढा जान नपरोस भनेर यहिँनै तालिमको आयोजना गरेका हौं,’ मगरले भनिन् ।

No description available.


बाँकेमा फूल उत्पादन बजारको मागअनुसार हुन सकेको छैन । यहाँ उत्पादन हुने फूलले २० प्रतिशतमात्र स्थानीय बजारलाई पूर्ति गर्न सकेको मगरले बताइन् । मगरले भनिन्, ‘अहिले बाँकेमा एक÷दुईजना मात्र फूल उत्पादक रहेका छौं । तर यहाँको माग धेरै छ । जसका लागि हामीले अन्य जिल्ला र भारतबाट फूल आयात गर्छौं । यो तालिमले फूल उत्पादनमा वृद्धि गर्न सक्ने मइलले आशा लिएकी छु ।’

No description available.


नेपालगन्ज उप–महानगर क्षेत्रभित्र रहेका महिलाहरुलाई तालिममा सहभागी गराइएको छ । तालिममा उनीहरुलाई फूल खेती गर्न, बगैचा व्यवस्थापन र फूलको बजारीकरणका बारेमा प्रशिक्षण दिइएको थियो ।

No description available.
No description available.


प्रशिक्षण पश्चात स्वयम्ले व्यवसायी रुपमा काम गर्ने तालिमका सहभागी महिलाहरुले बताए । उनीहरुलाई तालिमपश्चात चर्ती फ्लोराले फुल खेती गर्न बिरुवा, मल र जैविक विषाधी उपलब्ध गराएकोछ । कार्यक्रममा महिलाहरुलाई प्रशिक्षक वीरबहादुर हमाल र विष्णु चौधरीले प्रशिक्षण दिएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »