सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गापाको मानवबेचविखन विरुद्धको समिती र बालअधिकार समितिको क्षमता अभिबृद्धि गरिंदै

नेपालगञ्ज, बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाको मानव बेचविखन विरुद्धको समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने सवलिकरण कार्यक्रम शुरु गरेको छ ।

क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो सवलिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

सो कार्यक्रममार्फत समितिका संयोजक र सदस्यहरुलाई सवलिकरण गरि आगामी दिनहरुमा समितिले आफै तालिम तथा अभिमुखिकरण सञ्चालन गरेर जनचेतना फैलाई मानव बेचविखन रोकथाम गर्ने उदेश्य रहेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो कार्यक्रमको अध्यक्षता गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले मानवबेचविखन विरुद्ध गठन गरिएको समिति र बाल अधिकार संरक्षणका लागि गठन गरिएको समितिका पदाधिकारी र सदस्यहरुको क्षमता अभिबृद्धि गरेर मावबेचविखन रोक्नका लागि सक्षम बनाउने कार्य सराहनीय रहेको बताउनुभयो ।

उहाँले समितिका पदाधिकारी र सदस्यहरुको सवलिकरणले उदेश्य प्राप्तीमा ठुलो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बाँके युनेस्को क्लब र प्लान नेपालद्धारा रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजनाको माध्यमबाट मानव बेचविखन रोकथामका लागि गरिएका कामहरु उल्लेखनीय रहेको बताउनुभयो ।

कार्यक्रममा सहजीकरणको भूमिका निर्वाह गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका उपसचिव शोभा शाहले समिति मात्र बनाएर नहुने जनाउँदै समितिले उदेश्य पुरा गर्नका लागि सही तरिकाले काम गर्न सक्नु पर्नेमा जोड दिनुभयो । उहाँले मानवबेचविखन रोकथाम र बालअधिकार संरक्षणका लागि गर्नु पर्ने काम र जिम्मेवारीको बारेमा जानकारी गराउनुका साथै सो सम्बन्धि नितिगत र कानुनी कुराहरुको बारेमा पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका स्वास्थ्य प्रमुख सुदिप पौडेल, प्रहरी सहायक निरिक्षक कुमार केसी र प्रहरी जवान उदय विक लगायतको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »