सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जको वडा न. ४ को कब्रिस्तानमा बेतिथी कब्रिस्तान संघर्ष समिति द्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र


मंसूर अली
नेपालगंज, मुस्लिम समुदाय को बाहुल्यता रहेको बाँकेको नेपालगन्ज उप- महानगरपालिका ४ मा रहेको कब्रिस्तान व्यवस्थापन तथा सञ्चालन सम्बन्धी बिषय मा हाल सम्म भए गरेको क्रियाकलाप पारदर्शी र बिधि सम्मत नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लाई ज्ञापन पत्र बुझाईएको हो ।


बाबु खां पठानको संयोजककत्वमा गठित कब्रिस्तान संघर्ष समितिले कब्रिस्तानको व्यवस्थापन हेर्ने व्यक्तिहरू मनोमानी ढँगले चलेको र उनीहरुको क्रियाकलाप तथा आर्थिक लेनदेन सम्बन्धी बिषय पारदर्शी , जवाफदेही र बिधि सम्मत नभएको कुरा उल्लेख गर्दै ज्ञापन पत्र बुझाईएको हो ।


केहि हफ्ता अगाडि कब्रिस्तान संचालक समिति का सदस्य भएको दावी गर्ने केहि व्यक्तिहरू ले कब्रिस्तानमा रहेको चिहाँन खनेर त्यसमाथि निर्माण गर्न लागिएको भौतिक संरचना सर्वमान्य मानवाधिकार को सिद्धान्त तथा नेपालको कानुनको गम्भीर उल्लंघन भएको ज्ञापन पत्र मा उल्लेख गरिएको छ ।


कब्रिस्तान मा भईरहेको अवैध निर्माण कार्यलाई तत्काल रोक लगाउन,दर्ता भएदेखि हाल सम्म कब्रिस्तान कुन प्रक्रिया अनुरूप सन्चालन भएको छ, भन्ने समग्र कुराको छानबीन हुनुपर्ने माँग राखदै ज्ञापनपत्र बुझाईएको संघर्ष समितिका संयोजक बाबू खान पठानले बताएका छन ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फ़त बुझाईएको ज्ञापन पत्रको आधारमा तत्काल कब्रिस्तान व्यवस्था

पन र सञ्चालन सम्बन्धी बिषय माथि अनुसन्धान तथा आवश्यक छानबीन गरि आफ्ना माँग हरू सम्बोधन गर्न समितिले माँग गरेको छ ।

साथै ज्ञापन पत्र मा उल्लेखित जायज माँगहरू लाई सम्बोधन गरिएन,भने अझ सशक्त रूपमा अगाडी बढने संघर्ष समिति का सह संयोजक रिजवान शेषले जनाएका छन । नव गठित कब्रिस्तान संघर्ष समितिका संयोजक,बाबु खां पठान सह संयोजक, रिजवान शेष,सदस्य हनीफ शेष, मो।शब्बीर अन्सारी, अनीस साह, मो।आबिद खा, राशिद कमाल, शाहिदा शाह, अब्दुल कवि, महमूद अली इद्रीशी, अकबर अली खालगायत पदाधिकारीहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाईएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »