सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गृहमन्त्रीद्वारा राखियो आकस्मिक बैठक : सुरक्षा निकायलाई सतर्क रहन निर्देशन

गृहमन्त्री राम बहादुर थापाले सुरक्षा निकायसँग आकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरु संग बैठक राखेर उपत्यका सहित अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै सतर्क रहन निर्देशन दिनुभएको हो ।

“केही गम्भीर सूचना आएका छन्, उच्च सुरक्षा सतर्कतामा रहन अनुरोध गर्दछु ।” मन्त्री थापाको भनाइ उद्धृत गर्दै सहभागी एक अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा गृह सचिव महेश्वर न्यौपाने,सशस्त्र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »