सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा युवा संघ नेपालको लुम्बिनी प्रदेश भेला (भोलि) शनिबार हुने


नेपालगन्ज , युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम शनिबार (भोलि) नेपालगन्जमा हुने भएको छ ।

नेपालगन्जको सुनाखरी रेस्टुरेन्टको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजबादिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आउने युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो ।

No description available.

शनिबार नेपालगन्जमा हुने युवा संघ नेपाल लुम्बिनी प्रदेशको भेलामा युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाही, महासचिव दिपक जिएम लगायतका नेताहरुको समेत उपस्थिति रहने अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजबादी पार्टीको युवा संगठन युवा संघ नेपाल शक्तिशाली रुपमा रहेको र सोको झलक शनिबारको कार्यक्रममा देख्न सकिने युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताउनुभएको छ ।

No description available.

बाँकेको नेपालगन्जमा हुने युवा संघको भेलाको सबै तयारी पूरा भएको समेत अध्यक्ष बस्यालले बताउनुभएको छ ।अध्यक्ष बस्यालले सबै युवा बर्ग तथा संचारकर्मीहरुलाई भेलामा उपस्थितिको लागि अनुरोध समेत गरेका छन् । भेला शनिबार नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा ११ बजे पछि हुने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »