निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

फेवातालमा डुङ्गा पल्टिँदा बेपत्ता लुईटेल मृत फेला

पोखराको फेवातालमा सोमबार डुङ्गा पल्टिँदा बेपत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृत फेला परेका छन् ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखोर सहितको उद्धार टोलीले खोजतलास गर्ने  क्रममा मङ्गलवार दिउँसो लुइँटेलको शव फेला पारेको हो ।

तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट लुइँटेलको शव निकालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए । सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखोर दीर्घ नारायण पौडेल र दीपेन्द्र विष्टको टोलीले तालमा घोप्टो परेर रहेको लुइँटेलको शव निकालेको हो ।

सोमबार दिउँसो खपौदी क्षेत्रमा ३ जना सवार डुङ्गा पल्टिएको थियो । उक्त डुङ्गामा सवार काठमाडौँ कपन बस्ने  २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको तत्कालै सकुशल उद्धार गरिएको थियो भने रामशरण बेपत्ता थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »