सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले केन्द्रिय सदस्य नारायण पाण्डेलाई युवा नेता समिप त्रिपाठ्ठीकाे चुनाैती

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) काभ्रे तेमाल ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्च गठनको क्रममा युवा संघ केन्द्रिय स्थाई कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्य समिप त्रिपाठ्ठीले नेकपा (एमाले)को केन्द्रिय सदस्य नारायण पाण्डेलाई तेमालको ठुलो पर्सेलको वडा सदस्यमा जितेर देखाई दिन चुनौती दिएको छ ।

नेता समिप त्रिपाठ्ठीले नारायण पाण्डेकै कारणले तेमालमा नेकपाका धेरै युवाहरुले राजनीतिकरुपमा प्रगती गर्न नसकेको आक्रोस पोख्नु भयो । उहाँ भन्नु हुन्छ । “हामीले हाम्रो नेता भनेर नारायण पाण्डे जस्ता घद्धार नेतालाई बोकेर हिडे छौ । हामीले समय खेर पालेर ठुलो गल्ती गरे छ तर नारायण पाण्डेले ठुलो पर्सेलमा आउँदो स्थानीय चुनावमा वडा सदस्यमा जितेर देखाउन मेरो विशेष अनुरोध छ । हैन भने नारायण पाण्डेले एमाले भनेर भ्रम फैलाएर नहिडे हुन्छ । यदि नारायण पाण्डेले वडा सदस्यमा जित्यो भने मैले राजनीतिबाट सन्यास लिने छु ।”

कार्यक्रमा काभ्रे जिल्ला कमिटीको सचिव दिपक गौतम विशेष अतिथिको रुपमा रहेका थिए भने तेमाल गाउँपालिका कमिटीको अध्यक्ष तथा जिल्ला कमिटी सदस्य प्रदिप लामा, काभ्रे जिल्ला महिला संघको अध्यक्ष तथा जिल्ला सदस्य पासाङ डोल्मा तामाङ, जिल्ला कमिटी सदस्य सिजन लामा, युवा संघ नेपाल केन्द्रिय कमिटीको सदस्य तथा जिल्ला सदस्य समिप त्रिपाठ्ठी, युवा संघ केन्द्रिय सदस्य विकास लामा, शंकर त्रिपाठ्ठ, टिकालाल तामाङ, पाल्छाङ मोक्तान, सुर्य तामाङ, ङेमा लामा, लगाएतका नेताहरु अतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

काभ्रेको तेमाल गाउँपालिकालाई नेकपा (एकिकृत समाजवादी) पार्टीलाई नेकपा (एमाले)को तुलनामा कमजोर पार्टीकोरुपमा हेरिएको छ तर तेमाल काठमाडौँ सम्पर्क मञ्च, ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्च गठनको माहोल देख्दा नेकपा (एमाले) भन्दा ठुलो पार्टीको रुपमा माहोल सृजना हुँदै गएको देखिन्छ । नेकपा एमालेले अहिलेसम्म तेमाल गाउँपालिकामा पुर्णरुपमा संगठन विस्तार गर्न सकेको छैन ।

नेकपा (एकिकृत समाजवादी)मा नयाँ युवाहरु आकार्षण बढ्दोरुपमा देखापरेका छन् । धेरै भन्दा धेरै युवाहरुले सहभागीता जनाएर तेमालमा नेकपा (एकिकृत समाजवादी)को छुट्टै माहोल सृजना भएको छ ।

ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्चको २३ कार्य समितिहरु

अध्यक्ष किरण थापा मगर,
उपाध्यक्ष पुर्ण राना,
सचिव समिस लामा (पाल्च्योर)
सहसचिव उषा तामाङ,
सदस्यहरुमा ः शक्ति माझी,
पेम्बा तामाङ,
सविन तामाङ,
जिवन तामाङ,
सुदिप आले मगर,
भिम बहादुर तामाङ,
सुमिन सिजाली,
अर्थमान मोक्तान,
जगत तामाङ,
डिले तामाङ,
सम्तेन तामाङ,
जिवन राना मगर,
उत्तम त्रिपाठ्ठी,
धर्म सिं तामाङ,
दावा तामाङ (छाप)
इन्द्र तामाङ,
सुमन तामाङ,
डिल्ली मैनाली,
तेज बहादुर सिजाली,

भर्खरै

सम्बन्धित खबर

Language »