सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१० बुुँदे सहमतिबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाए

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । १० बुुँदे सहमतिबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि शुक्रबारबाट सुरु भएको बैठकमा उपाध्यक्ष भीम रावल लगायतले १० बुँदे कार्यान्वयनमा समस्या आएको भन्दै केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बनाउन माग गरेका थिए ।

बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो ।

यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे निर्णय गर्न एमालेले सोमबार स्थायी कमिटी बैठक बोलाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »