सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा एसपी र डिएसपीको छड्के एकैदिन १७ जना प्रहरी जिल्ला तानिए


मंसूर अली इद्रिशी
नेपालगञ्ज, नेपालगञ्जको जमुनाह प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरीलाई जिल्ला तानिएको छ । नाकामा खटिएर सन्तोषजनक काम नगरेको भन्दै प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला तानिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले बताए ।
सिमा क्षेत्रमा आवत जावत ब्यवस्थापन गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार १७ जना प्रहरीलाई तानेको छ ।

ईप्रका जमुनाहा ईन्चार्ज पूर्ण केसी बाहेक अन्य १७ जनालाई जिल्लामा तानेर उनीहरुको ठाउँमा नयाँ प्रहरी पठाइएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताए ।


‘सिमा क्षेत्रको गुनासो धेरै आएपछि म र एसपी साब आफै मुख छोपेर सिभिल डे«समा खटिएका थियौं, आफ्नै आँखाले नराम्रो दृश्य देखेपछि त्यहाँ रहेका १७ जना प्रहरीलाइ एक घण्टामै फेरबदल गर्यौं,’ उनले भने । ईप्रका जमुनाहाका ईन्चार्ज केसी पनि विशेष निगरानीमा रहेको डिएसपी न्यौपानेले बताए । सिमा क्षेत्रमा जिप्रका बाँकेले सादा पोशाकमा छुट्टै प्रहरी पनि खटाएको प्रवक्ता न्यौपानेले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »