सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको मण्डन देउपुर वडा नं. ७ मा एकिकृत समाजवादीमा उर्लियो जनलहर

काठमाडौँ । काभ्रेको मण्डन देउपुरनगरपालिका वडा नं. ७ मा संविदान सभा सदस्य विदुर सापकोटाको प्रमुख आतित्थ्यतामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को नगर वडा कमिटी विस्तार भएको छ ।

प्रमुख अतिथि विदुर सापकोटाले बताउनु भयो । “मण्डन देउपुर नगरपालिकाको जनताले आउँदो चुनावमा नगरको मात्रै हैन काभ्रे जिल्लाको नै नाम बदनाम गराउने पूर्वमन्त्री गोकुल बासकोटालाई हराएर देखाउने छन् । अब मण्डन देउपुरबाट नै एमालेको पतन हुने छन् । त्यसैले वडा नं. ७ मा हामीले भव्यताका साथ कमिटी गठन गरेका छौ । यो हाम्रो जीतको शुरुवात हो ।”

बागमती प्रदेश कमिटीको सचिवालय सदस्य तथा काभ्रे जिल्ला कमिटीको अध्यक्ष, कार्यक्रमको विशेष अतिथि टोक बहादुर वाइवाले सत्तारी करोडको हिसाब किताबको छिनोफानो मण्डन देउपुरबाट नै हुने बताउनु भयो । साथमा अध्यक्ष टोक बाहदुर वाइवाले काभ्रे जिल्लामा नेकपा (एकिकृत समाजवादी) पार्टी एमाले भन्दा दुई गुणाले बलियो रहेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य, वागमती प्रदेश कमिटी सदस्य लक्ष्मण लम्सालले सत्तरी करोडको चुरीफुरी अब समाप्त भयो भन्दै पुर्वमन्त्री गोकुल बासकोटालाई व्याङग्या हानेको थियो । प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले काभ्रेको कुनै पनि नगर र गाउँपालिकामा एमालेको जीत नहुने दाबी गर्नु भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकृकित समाजबादी) को संविधान सभा सदस्य तथा पार्टी केन्द्रिय सदस्य बिदुर सापकोटा प्रमुख अतिथिको रुपमा रहेका थिए भने विशेष अतिथिहरूमा जिल्ला पार्टी अध्यक्ष एवं बागमती प्रदेश कमिटी सचिवालय सदस्य टोक बहादुर वाईबा, प्रदेश सांसद तथा बागमती प्रदेश कमिटि सदस्य लक्ष्मण लम्साल, बागमती प्रदेश कमिटी सदस्य रामहरि नेपाल ,नगर कमिटी अध्यक्ष गोकुल गौतम ,नगर कमिटी सचिव तथा उप सचिब माधब न्यौपाने , नारायण ढकाल, जिल्ला कमिटि सदस्यहरु नगर कमिटी सदस्यहरुको उपस्थिति रहेका थिए ।

उक्त बिस्तारित बैठकले बलराम सापकोटाको अध्यक्षतामा ३१ सदस्य वडा कमिटि गठन गरिएको छ । जसमा उपाध्यक्ष मिना श्रेष्ठ, राम कुमार श्रेष्ठ, सचिबमा उद्धव गौतम र उप सचिवमा उमेश लम्साल लगाएत अन्य सदस्य रहेका छन् । गोकुल लम्सालको अध्यक्षतामा ४१ सदस्य अखिल नेपाल किसान संघ ,राजन परियारको अध्यक्षतामा १७ सदस्य मुक्ति समाज कमिटि गठन ,राम कुमार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्य युवा कमिटि गठन,
मञ्जु दनुवारको अध्यक्षतामा ३७ सदस्य अखिल नेपाल महिला संघ गठन र सानु कुमार श्रेष्ठको अध्यक्षतामा ३७ सदस्य जनजाति महासंघ गठन गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »