सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे-काठमाडाैँ सम्पर्क मञ्चकाे तयारी पुरा

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) को पोलिटब्युरो सदस्य विजय गुरुङको प्रमुख आतित्थ्यतामा हुन लागेको काभ्रे काठमाडौँ सम्पर्क मञ्च गठनको तयारी पुरा भएको जिल्ला सदस्य प्रदिप कुमार तामाङले जानकारी दिनुभएको छ ।

काठमाडौको ओमसाइ पाटी प्यालेसमा हुन लागेको काभ्रे काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा काभ्रेबाट विभिन्न व्यवसाय गरेर काठमाडौँमा बसोबास गरिरहेका व्यक्तिहरुलाई समेटेर कमिटि गठन गर्न लागेको हो । नेकपा (एकिकृत समाजवादी) काभ्रे जिल्लाको अध्यक्ष तथा बागमती प्रदेशको सचिवालय सदस्य टोक बहादुर वाइवाको सभापतित्वमा शुरु हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।

अध्यक्ष टोक बहादुर वाइवा र पुर्वमन्त्री गोकुल बासकोटा पार्टी विभाजन नहुदा नेकपा एमालेको एउटै कमिटीमा रहेर पार्टी संगठन संचालन गरेको थियो तर पार्टी विभाजन पछि टोक बहादुर वाइवा नेपाल पक्षमा लागिएको थियो भने पूर्वमन्त्री गोकुल बासकोटा ओली पक्षमा विभाजन भएको हो ।

अध्यक्ष टोक बहादुर वाइवाको अध्यक्षतामा निर्माण भएको जिल्ला कमिटीले प्रत्येक वडा, गाउँपालिका, नगरपालिकामा कमिटी गठनलाई तिव्रता दिएको छ । यसैगरी आज हुन लागेको काभ्रे काठमाडौँ सम्पर्क मञ्च शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »