सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सम्पन्न

काठमाडौं । अवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सफलताकोे बाह्रौं वार्षिक साधारण सम्पन्न गरेको छ ।

अवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष श्रीराम के.सी.को सभापतित्व तथा काठमाडौं वचत तथा ऋण संघका सचिव सालिकराम पुडासैनी को प्रमुख आतिथ्य र जिल्ला सहकारी लिमिटेड का प्रतिनिधि सुदर्शन थापा लगाएत वरिष्ठ ब्यक्तित्व हरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

२९३ जना शेयर सदस्य रहेको यस सहकारीले आर्थिक बर्ष २०७७÷०७८मा १९,९३५७६.२१ नाफा आर्जन गरेको प्रतिबेदनमा उल्लेख गरीएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्रीराम के.सी.ले २०६५ साल बैसाक १ गते जन्मिएको यस स्ांस्थाका संस्थापक सन्चालकहरुमा सहकारी शिक्षा , ज्ञान सिपको अभाव र सानो पँुजिको भएको कारण संस्था टिकाउन केहि समस्या भएको भएपनि
संस्थाम रहेका बिभिन्न समितिहरु, शेयर सदस्यहरु तथा कर्मचारीहरुको बिस्वासिलो र अविचलित कार्यकोकारण आजको साधारण सभासम्म आईपुगेको बताउनु भयो ।

साधारण सभाको अवसर पारेर सो सहकारी संस्थाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।जनता समाजवादी पाटीका टोखा नगर ईन्चार्ज तथा युवा समाजसेवि मुकुन्द सिलवाल त्यस रक्तदान कार्यक्रमको पहिलो रक्तदाता बन्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति काठमाडौं वचत तथा ऋण संघका सचिव सालिकराम पुडासैनीले आम नागरिकले अझै पनि सहकारीको महत्व नबुझेको कारण सहकारी संचालनमा केहि असहजता भएको भन्दै सहकारीको बित्तिय ब्यबस्थापनमा काठमाडौं वचत तथा ऋण संघले सहजिकरण गर्न सहकारीलाई ऋणको समेत ब्यबस्था गरिएको बताउनु भयो ।

संस्थाका अध्यक्ष श्रीराम के.सी. , सचिव टेक बहादुर मानन्धर , कोषाध्यक्ष शोभिात श्रेष्ठ , लेखा सुपरिवेक्षण ससमिति संयोजक कुल बहादुर बुढाथोकीले आ– आफ्नो तर्फबाट प्रतिबेदन पेश गर्नु भएको थियो ।

कार्यक्रमको अबसरमा उत्कृष्ट बचतकर्ता , उत्कृष्ट कर्मचारी लगाएतलाई सम्मान समेत गरीएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »