सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाललाई ईन्टरनेट केबलतार नकाटिने

इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेकोभन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काटिदिएको थियो। ‘इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन व्यवसायीहरुले धेरै रकम तिरेका छैनन्। यो समस्यामा दूरसञ्चार प्राधिकरणले पनि सहजीकरण गर्ने भनेको छ। केही समय अब हामी तार काट्दैनौँ। छलफल गरेर अघि बढ्छौँ,’ प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले सेतोपाटीसँग भने।

तर समस्या नसुल्झिए फेरि पनि तार काट्न बाध्य हुने उनले बताए। प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच २०७५ भदौपछि दुई वर्षको पोल भाडादरबारे विवाद चुलिएको छ।

त्यो समयमै व्यवसायीहरुलाई छलफलका लागि बोलाइए पनि उनीहरुको उपस्थिति नरहेको प्राधिकरणका अधिकारी बताउँछन्।

भर्खरै

सम्बन्धित खबर

Language »