काठमाडौँ । सामाजिक अभियान्ता रजनी तामाङ द्घरा अभिनय गरेको दोस्रो म्युजिक भिडियो “चु जुनी” वरिष्ठ संगीतकार तथा तामाङ समुदायको स्वर सम्राट चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा असोज शुक्रबार २२ गते सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारको शिलशिलामा विदेशमा एक नेपालीलाई हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय पाएको कमल थिङलाई कतारको कानुनी नियम अनुरुप ब्लड मनी तिरेर उद्घार गर्न मोडल रजनी तामाङले विशेष भुमीका निर्वाह गरेको थियो । त्यही अभियानबाट रजनी तामाङले सामाजी अभियान्ताकोरुपमा परिचय कमाउन सफल भएको थियो ।
कानुनी विधाको विद्यार्थी रजनी तामाङले “मायाला म्हेन्दो” म्युजिक भिडियोबाट मोडलकोरुपमा तामाङ समुदायमा आफुलाई चिनाउन पाइला चालेको थियो । “मायाला म्हेन्दो” म्युजीक भिडियोले अपेक्षितरुपमा सफलता पाउन नसकेता पनि मोडल रजनी तामाङले पुनः “चु जुनी” म्युजिक भिडियोमा अभिनय गरेको छ । पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक भएका “चु जुनी”म्युजिक भिडियोमा मोडल रजनी तामाङले मोडल निरञ्जली लामा र भिमफेदी गाइजको मोडल निर्मल कुमार लामासँग अभिनय गरेका छन् ।
सामान्य परिवारमा जन्मेका रजनी तामाङले जीवनमा धेरै दुःखहरु पार गर्दै सामाजिक अभियान्त र मोडलको रुपमा स्थापीत गर्न संघर्षरत छन् । एकपछि अर्को गर्दै म्युजिक भिडियोमा देखा परेका मोडल रजनी तामाङले साँच्चिकै तामाङ समुदायमा उदाहरणीय मोडलको रुपमा स्थापीत गराउन सकिन्छ त ? सबैको जनचासोको विषय भएको छ ।
“भिमफेदी गाइज” नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउन सफल ब्याण्ड हो भने निरन्जी लामा नेपाली गीत संगीतको बजारमा स्थापीत मोडल हो । नेम र फेममा स्थापीत व्यण्ड र कलाकारसँग एउटै स्टेजमा प्रतिभा देखाउन पाउनु मोडल रजनी तामाङको सौभाग्य नै भन्नु पर्छ तर यो विरासत जोगाइ राख्न सक्छ या सक्दैन मोडल रजनी तामाङका लागि भने चुनौतीको पहाड हो ।
नेपाली गीत संगीत र तामाङ म्युजीक भिडियोको क्षेत्रमा नव कलाकारहरुको उदय हुनु र अस्ताउनुमा कुनै मुल्याङ्कन छैन । त्यो बगर भित्रको एक सानो गेगर नहोस् भन्ने मोडल रजनी तामाङ प्रति आस्था राख्ने शुभेच्छुकहरुको इच्छा छन् । विशाल बगरको चम्किलो हिराकोरुपमा स्थापित भएको देख्न चाहेका छन् ।
कसमो इभेन्ट्स प्रा. लि. को ब्यानरमा निर्माण भएको यो म्युजिक भिडियोले वर्तमान शहरी परिवेशमा भएको यथार्थ घटनालाई प्रस्तुत गर्न खोजेका छन् । एक नारीले यो महङ्गीको शहरमा बाँच्नका लागि के कस्तोसम्मको समस्याहरु झेल्नु पर्छन् ? भन्ने विषय वस्तुमा आधारित तामाङ म्युजिक भिडियो “चु जुनी” मोडल रजनी तामाङको अभिनय प्रशंसा योग्य नै छन् ।
कार्यक्रमको प्रमुख अतिथि चन्द्र कुमार दोङले मोडल रजनी तामाङको अभिनयमा निखारता आएकोमा प्रशंसा गर्नुभएको थियो । उहाँले जीवन र अत्मको बारेमा बौद्घ मार्गमा भएको ज्ञानसँग जोडेर कर्मको फलको बारेमा गहनरुपमा म्युजिक भिडियोसँग जोडेर विश्लेषण गर्नु भएको थियो ।
नेपाल तामाङ कलाकार संघको निवर्तमान अध्यक्ष तथा गायक सन्जीव वाइवाले मोडल रजनी तामाङको अभिनयलाई खुलेर प्रशंसा गर्नुभएको थियो तर वर्खमा खाएको हुल बाढी हराएन जान नहुने सुझाव दिनुभएको छ ।
पत्रकार बुद्घ योञ्जनले तामाङ म्युजिक बजारमा भएको समस्याको बारेमा औल्याउदै मोडल रजनी तामाङलाई सफलताको शुभकामना दिनु भएको थियो । नेपाल संगीतकाल कर्मी संघ रसुवाको अध्यक्ष तथा नायक दावा फिन्जो तामाङले पनि सफलताको शुभकामना दिनु भएको थियो ।
प्रकाश तितुङ तामाङको शब्द संगीत र नव गायीका सुमिना ल्होको सुमधुर आवाज रहेको यो “चु जुनी” म्युजिक भिडियोमा आगा लामाको एरेन्जर, दिपेश प्रधानको मिक्सिङ रहेको छ । भिमफेदी गाइजको नायक तथा मोडल र्निमल कुमार लामाको निर्दैशनमो यो म्युजिक भिडियो तयार भएको थियो ।
प्रविधिकरुपमा यो म्युजिक भिडियोमा कमिकमजोर रहेता पनि तामाङ समुदायले मन पराउने छन् भन्नेमा मोडल रजनी तामाङ ढुक्क छन् ।
भिडियोको लिङ्क








