नेपालगन्ज, मोहम्मद डेको अवसरमा जनता समाजवादी बाँकेले आज नेपालगन्जमा निःशूल्क मिठाइ र पानी वितरण गरेको छ ।
जनता समाजवादीे बाँकेले नेपालगन्जको वीपी चोक र त्रिभुवन चोकमा मिठाइ, फलफुल तथा पानी वितरण गरेको हो ।

जनता समाजवादीे बाँकेका जिल्ला अध्यक्ष मो. कमरुद्दिन राईका अनुसार, सदभाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्न मिठाइ, फलफुल तथा पानी वितरण गरिएको हो ।


जुलुसमा निस्किएकाहरुलाई कुनै पनि दुख कष्ट नहोस् भन्ने उद्देश्यले फलफुल, मिठाइ तथा पानी वितरण गरिएको पनि अध्यक्ष राइले बताउनुभयो ।


कोरोना महामारीका कारण गएको वर्ष उनीहरुले घरमै मोहम्मद डे मनाएका थिए । तर यसपालिका भने उत्साहजनक तरिकाले मोहम्मद डे मनाइरहेका छन् । जनता समाजवादीे बाँकेका जिल्ला अध्यक्ष राईले कोरोना भाइरस महामारी अव कहिल्यैं नफर्कियोस् भनेर कामना समेत गर्नुभयो । समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो ।








