सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किसानहरुलाई राहत दिन माग गर्दै पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईद्धारा सरकारको ध्यानाकर्षण

नेपालगञ्ज, बेमौसमी वर्षाका कारण बाँके, बर्दिया , कैलाली, कञ्चनपुरलगायत जिल्लामा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ। आइतबार रातिदेखिको अविरल वर्षाका कारण धानबाली सखाप भएपछि किसान चिन्तित बनेका छन् ।


किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ। केही दिनदेखि परेको वर्षाले खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान पिरलोमा परेका छन्।

May be an image of outdoors

वर्षभरी खाने अन्न स्वाहा भएपछि किसानहरु राहतको माग गर्न थालेका छन् । बाढी र डुवानले किसानलाई ठूलो क्षती पुगेपछि पूर्वशहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले चासो व्यक्त गर्नुभएको छ ।

Mohammad Ishtiyaq Rayi is with Mohammad Ishtiyaq Rayi.

22 hrs  · केही दिनको बेमौसमी अबिरल वर्षाको कारण किसानहरूको धानबाली भित्र्याएर भकारी भर्ने बेलामा सबै धान पानीले डुबायो। बिचल्ली भएको किसानका आँखा आँशुले भरिएको छ,धेरै किसान भोकै बस्ने अवस्था छ! सरकारले तत्काल राहत अनुदानको व्यावस्था गरोस @SherBDeuba

May be an image of one or more people and grass

आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उहाँले दुख मनाउ गर्नुभएको छ । उहाँले तत्काल पीडितहरुलाई राहात प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

May be an image of grass

खेती भित्र्याउने बेला अचानक अविरल वर्षाले धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको भन्दै उहाँले तत्काल राहातको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बाँके क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभमा निर्वाचित राईले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बाँकेमा मात्रै साढे ७ हजार हेक्टर जमिनको धानबालीलाई वर्षाले क्षती पुर्याएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »