सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा परेको छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

‘नेपाल मात्रै होइन, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने ।

यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।

नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको महानिर्देशक श्रेष्ठले बताए ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले विभागसंग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

महानिर्देशक श्रेष्ठले भने, ‘अहिले आत्तिनु पर्ने अवस्था त होइन तर विभिन्न देशमा फैलिएको यो भाइरसको सम्भावित प्रकोप रोक्नका लागि हामी थप उच्च सतर्कतामा बस्नै पर्ने भयो । त्यसैले पूर्वनिर्धारित तालिम गोष्ठि, कार्यक्रम सबै स्थगित भएको छ । हामी सबै महाशाखालाई विभिन्नरुपमा कोरोनाविरुद्धको अभियानमा परिचालन गर्दैछौँ ।,’

उनले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा भने रहनुपर्ने बताए । उनले विदेशमा रहेका आम नेपाललाई पनि सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »