सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म राजीनामा दिन्नः प्रधानन्यायधीश जबरा

काठमाडाैँ। सर्वोच्च अदालतको प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराको विषयमा देश व्यापी आलोचना भइरहेको छ । प्रधानन्यायधीश विवाद अहिले मात्र हैन । यो पुरानो नै रोग हो तर अहिलेको विवादले राजनीतिक दलका प्रमुख नेताहरु जोडिएका छन् ।

विवादित प्रधानन्यादीश चोलेन्द्रशम्शेरको जबराको विषयमा नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आधिकारिक धाराण सर्वजानिक गर्ने घोषणा गरेको छ ।

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् । दाहालले भने, “हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एक र दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।” यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताएका छन् । उनले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि बताए ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले न्यायलयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताउँदै आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको पनि बताए ।

नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।

यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए ।

बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनले न्यायालयमा बिचौलिया रहेको औंल्याएको भन्दै थापाले त्यसलाई कार्यान्वयन नगरी रोक्न स्वयं प्रधानन्यायाधीश जबरा सक्रिय रहेको आरोप लगाए । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा आन्दोलन गर्दैमा राजीनामा नदिने बताउनु भएको छ ।

आज बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताउनु भएको हो । उहाँले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिए मात्रै आफूले राजिनामा दिने बताउनुभयो । प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरुसँग लिनुभयो । जबराले सर्वोच्चका अन्य न्यायाधीशहरुमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको जवाफ न्यायधीशहरुलाई फर्कानुभएको थियो । प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि आज १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।

यसैबीच सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । सर्वोच्च अदालत परिसरमा आज दिउँसो भएको छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने अडान दोहोर्याएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ । बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »