सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपिडी

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ।

पछिल्लो समय नेपाली महिलामा स्तन क्यान्सरको समस्या बढिरहेको छ। यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ। यो सेवा अन्तर्गत प्रत्येक शनिबार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन्।

सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »