सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मृत्यु जस्तो सास्वत सत्य तर चरम पिडा र संवेदना लाई यसरी ‘स्मरणीय र परोपकारी ‘ बनाउन सके सामाजिक रुपान्तरण गर्न सहज हुन्छ

शम्भु उप्रेती

जिवनको एउटा सत्य जन्म र मृत्यु हो । त्यहि जन्म र मृत्युबिचको समय जसले अनेकौं परिस्थितिहरुको सामना गरेको हून्छ । मानसिक पिडा सहितको भौतिक सुख सयलमा बस्ने हुन् या आजिवन भौतिक पिडा भोगेर पनि संघर्षमा रमाउनेहरु सबैले आ–आफ्नो शैलिमा जिवन ब्यतित गरेका हुन्छन् । रहर र बाध्यताको संयोग हो जिन्दगी । कहिले आवस्यकता अनुसार श्रोत साधन हून्न ,कहिले श्रोत साधन अनुसार समय हुन्न । मृत्यु सत्य हो ,यसलाई सार्थकतामा परिणत गर्न जिवनभर आफुले खेलेका भुमिकामा भर पर्दछ ।

हामिले अग्रगामि सामाजिक रुपान्तरणको कुरा गरिरहँदा त्यसमा खेल्ने हाम्रो भुमिका के हुनु पर्छ र के गरिरहेका छौं त्यो महत्वपुर्ण बिषय हो ।  सेवाभावले गरेको सानो प्रयास पनि सामाजिक रुपान्तरणको यात्रामा एउटा कोशेढुंगा साबित हुन सक्छ भन्ने सत्यतालाई आत्मसाथ गर्दै एउटा अभियानको रुपमा यसलाई लैजान सके अझ प्रभावकारी हुने देखेर यो जानकारी गराएको मात्र हो ।

१९८१ मा पर्वतको एउटा गाउँमा जन्मिएर जिवनका अधिकांश समय आफ्नो परिवारको रेखदेखमै बिताएकी मेरी सासु आमा ( श्रीमति योजना उप्रेती को आमा ) को यहि २०७८ कार्तिक ०३ गते स्वर्गारहण भयो । उहाँ स्वर्गारहण हूदाँको बखत हामि अमेरीका थियौं ।

मास्टर भएर स्कुलमा पढाउँदा होस् वा प्रहरी भएर देशको सेवागर्दा र बिभन्नि सामाजिक कार्यमा सरिक भएर कार्यगर्दा पाएका खुसिहरु तथा प्रमाण पत्र र तक्माहरुले पनि सामाजिक सेवामा आफ्नो भुमिका केहि कमि भएको महसुस भईरहँदा श्रीमति योजना उप्रेती को सल्लाहमा एउटा पिडालाई पनि समाजसेवाको यात्रातिर डोर्याउने हामिले जुन निर्णय गरेका छौं, त्यसले सासुआमा चन्द्र कुमारी पन्तको मृतआत्माले शान्तिपाउने अपेक्षा छ ।

हामि सबैको प्रेरणादायी व्यक्तित्व सासु आमाको स्वर्गवास भएको आज १३ औं पूण्य तिथीमा वहाँ कै ससुरा बुबा पं. जगन्नाथ पंतको बिशेष सकृयतामा स्थापना गरीएको पश्चीमान्चल क्षेत्र कै पहीलो संस्कृति पाठशाला फलेबास नगर पालिका स्थित लिमीठाना उच्च मा.बि .मा एउटा “ पं. हेलीराज-चन्द्र कुमारी पंत शैक्षिक अक्षय कोष “ हाललाई रु १०११११र अक्षरुपी एकलाख एकहजार एक सय एघार रकम सहीत शैक्षीक परोपकारी संस्था स्थापना गरी ११ र १२ कक्षामा अध्ययन गर्न गरीब जेहन्दार छोरीहरु मध्ये बाट बिधालयको निर्णय अनुरुप सहयोग पुर्याउने उधेश्य साथ वहाँ की माईली छोरी मेरो जीबन संगीनी योजना पंत उप्रेती को सदीच्छा साकार भयको यस सुखद अनुभुति सबै सुभचिन्तक आफन्तजन हरु समक्ष प्रस्तुत गर्दा मृतात्मा प्रति अगाध स्रद्धा ब्यक्त भएको अनुभुति र वाहा का सकल परीबार जनहरुको ख़ुशीको अनुभुति हुदैछ यस कोषमा परीबार जन हरुबाट सहयोग गर्ने कार्यको थालनी दाजु योगेन्द्र रेग्मी बाट सुरु भईसकेको जानकारी गराउदै भबिश्यमा सहयोग थप हुदै जाने प्रतिबद्धता ब्यक्त भएको जानकारी गराउछौ । यस पुनित कार्यमा बिशेष अभीरुची पूर्वक सहयोग पुर्याउने प्राधानाध्यापक यम प्रसाद शर्मा मेडम शारदा शर्मा लगायत सबै सरहरुमा आभार व्यक्त गर्दछौ ।

मृत्यु जस्तो सास्वत सत्य तर चरम पिडा र संवेदना लाई यसरी ‘स्मरणीय र परोपकारी ‘ बनाउन सके सामाजिक रुपान्तरण गर्न सहज हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »