सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सप्पन्न

सिन्धुपाल्चोक बाट सन्जिव वाईवाको रिपोर्ट
एक कार्यक्रम बिच श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सप्पन्न भएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उप(प्रमुख जानुका पराजुलीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं। ५ का वडा, अध्यक्ष नरमान श्रेष्ठ जनहित ग्रामीण सेवा समाजका कार्यकारी निर्देशक राजेन्द्र शर्मा, मेगा बैंक चौतारा शाखाका शाखा प्रबन्धक राम कृष्ण पाराजुली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले सहकारी सदस्यहरुलाई उत्पादन मुलक तथा ब्यापारीक प्रयोजनको लागी मात्र ऋण लिन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय बचत तथा ऋण साकोसलाई सम्मान गरिएको थियो भने उक्त सहकारी संस्थाका बाल बचत कर्ताहरुलाइ छात्रावृत्ती तथा सहकारीले नै दिएको तालिमवाट सहकारी सदस्यहरुले निर्माण गरेको ब्याग पनि बालबालिकाहरुलाई बितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्थाकोको अध्यक्ष मिना देबी श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सहकारी संस्थाकाका सचीव सीता देबी श्रेष्ठ (कसजु)ले गर्नु भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »