सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री देउबा स्वदेश फर्किए

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश देउवा स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले भ्रमणका उपलब्धीबारे पनि जानकारी गराएका छन्।

कात्तिक १५ र १६ मा संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई प्रधानमन्त्री देउवा स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »