सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो ।

नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

जसका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ ।

‘मंसिर पहिलो साताबाटै हामी मुलुकभरका स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिरहेका छौँ । हामीले प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरेका छौँ,’ –  निर्वाचन आयोगले भन्यो ।

नेपालमा ७ सय ५३ स्थानीय छन् । आयोगका अनुसार अर्थमन्त्रालयले बजेटमा सहमति जनाउने बित्तिकैबाट प्राविधिक खटाइने भएको छ ।
प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणापछि गरिएको मतदाता नामावलीलाई कानुनले मान्यता दिने छैन् । सरकारले आगामी चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »