सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना र पूजा गरी मनाइँदै

काठमाडौं– आज छठ पर्वको मुख्य दिन सूर्यको आराधना र पूजा गरी हर्षोल्लासपूर्वक मनाइँदैछ। तराई मधेसका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ। 

छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। व्रतालुहरू निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा आदि जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा गर्दछन्। आज जलाशयमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ। छठ पुजाका लागि जनकपुर, वीरगन्जसहित तराईका अधिकांश क्षेत्रका नदी, पोखरीहरु दुलहीझैं सिँगारिएका छन्। काठमाडौंको गौरीघाट, बागमती किनारलगायतका क्षेत्र पनि बेहुलीझै सिँगारिएको छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिन्छ। 

भर्खरै

सम्बन्धित खबर

Language »