सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा एमाले डडेलधुरा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाण्डु – नेकपा एमाले डडेलधुरा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । एमाले जिल्ला अध्यक्ष डा. तारा जोशीसहित एमालेका नेता कार्यकर्ता नेकपा (एस)मा प्रवेश गर्ने भएका हुन् ।

ठूलो संख्यामा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्ने भएपछि अध्यक्ष माधवकुमार नेपाल आज डडेलधुरा जाँदैछन् । एमालेको बहुमत संख्याको जिल्ला कमिटी नै समाजवादीमा प्रवेश गर्न लागेको हो ।

एमाले अध्यक्ष जोशीले मध्याह्न १२ बजे हुने कार्यक्रममा सहभागी हुन हेलिकप्टर चढेर डडेलधुरा आउने जानकारी दिए । पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएपछि असन्तुष्ट एमाले नेताहरु समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेलधुराका एमाले अध्यक्ष जोशी २०७४ सालको प्रदेश सभा सदस्य पदमा थोरै मतले नेपाली कांग्रेसका कर्ण मल्लसँग पराजित भएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »