सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वादका पारखीहरुलाई लक्षित गर्दै च्यासलमा खुल्यो ज्ञानेन्द्र गौतमको गौतम रोज फेमेलि रेष्टुरेन्ट

ललितपुर । बिभिन्न ठाउँमा क्यान्टिन तथा रेष्टुरेन्ट सन्चालन गर्दै आएका युवा ब्यबसायी ज्ञानेन्द्र गौतमको लगानिमा ललितपुरको च्यासलमा सन्चालन गर्न लागिएको गौतम रोज फेमेलि रेष्टुरेन्टको आज एक कार्यक्रम बिच शुभारम्भ भएको छ ।
ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष एवं नेकपा माओवादी केन्द्र ,सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठले रीवन काटेर सो रेष्टुरेन्टको शुभारम्भ गर्नु भएको थियो ।
बिदेशजानको लागि बनाएको पासपोर्ट फ्याँकेर नेपालमै केहि गर्न सक्छु भनेर लागेका गौतमले छिटो र मिठो स्वादको पारखी हरुलाई लक्षित गरेर यो रेष्टुरेन्ट स्थापना गरीएको बताउनु भयो ।
कार्यक्रमाका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आम युवालाई प्रेरणा मिल्ने यस्तो काम गर्ने जो कोहिलाई पनि आफ्नो संगठन र ब्यक्तिगत तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
रेष्टुरेन्टमा खाना , खाजा को साथमा स्पेशल ढिडो र लोकल भालेको सुप तथा लोकल खसिको सुप समेत उपलब्ध हुने ब्यबस्थापन पक्षले बताएको छ ।
मध्यम वर्गिय परिवारलाई लक्षित गरीएको हुनाले मुल्यमा समेत आफुहरुले सक्दो कम्परमाईज गरेको सन्चालक गौतमले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »