सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली काँग्रेसको १४ औं महाधिवेशन – अतुृल कुमार गुप्ताले दिए नेपालगन्जमा उप-सभापतिको उम्मेदवारी घोषणा

नेपालगन्ज, नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको उप-सभापतिमा अतुृल कुमार गुप्ताले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले बिनोद रिजाल प्यानलबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँको प्यानलमा नुरैन मुल्तमिसले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

व्यवसायीक पुष्ठभूमिका गुप्ता नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । त्रिभुवन चोकमा केक एण्ड बेकरीका संचालक समेत रहनुभएका गुप्ताले सामाजिक सेवामा समेत उत्तिकै भूमिका निर्वाह गर्नुभएको छ।

कोभिड महामारीमा उहाँले व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री वितरण समेत गर्नुभयो । उहाँले भेरी अस्पतालमा निशुल्क अक्सिजन सिलिण्डर समेत वितरण गर्नुभयो ।

त्यस्तै आइसोलेसनमा पनि उहाँले निशुल्क खाना नास्ताको व्यवस्था मिलाउनु भएको थियो। राजनीतिमार्फत समाजसेवा गर्ने उद्देश्यले आफु काँग्रेसको राजनीतिमा होम्मिएको बताउनुभयो । उहाँले काँग्रेसको संगठन सुदृढिकरणमा आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »