सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पशुपतिलाई पार्टी प्रवेश गराएपछि ओलीले भने – बाँके जिल्ला एमालेको किल्ला भयो





नेपालगञ्ज, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा सहभागी नहुने हो भने आगामी निर्वाचनमा जमानत जफत हुने दावी गर्नुभएको छ ।

नेकपा एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले एमालेसँग निर्वाचनमा प्रतिष्पर्धा गर्न नसक्ने भन्दै निर्वाचनमा एमालेको एकल वहुमत हुने दावी गर्नुभयो । अध्यक्ष ओलीले अदालत मर्यादित र सम्मानित बनोस भन्दै न्यायधीशले सेवा सुविधा लिने तर मुद्दा नहेर्ने कार्य दुःखद भएको बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेले आर्थिक विकास र समृद्धिको नेतृत्व गरेका कारण देशभर एमालेप्रति जनताको आकर्षण रहेको बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला विकास समिति बाँकेका पुर्ब सभापति पशुपति दयाल मिश्रा, अव्दुल करिम खाँ, गिरिजा पाठक, चिन्टु वर्मा सहित चार हजार ५५८ जना जना विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य लिला गिरी, एमाले बाँकेका उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »