सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवा र राजनीति अनि स्मीता मोक्तान

काठमाडाैँ । सी नेपालको संस्थापक अध्यक्ष स्मीता मोक्तान तामाङ समाजसेवासँगै राजनीतिक यात्रामा पाइला चाल्न सफल भएकी छिन् । असाहय, गरिव तथा आर्थिकरुपमा असक्त बालबालिकाहरुको संरक्षणकरुपमा काम गर्दै आइरहेकी स्मीता मोक्तानले नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थलानी गरेको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको केन्द्रीय प्रतिनिधिकालाई गृहकार्यमा लागेकी स्मीता मोेक्तान मंसिर ३ गते भकुण्डेमा भएको काभ्रे एक नम्बर प्रदेश एकको अधिवेशनमा निर्विरोध चयन भएको छ ।

काभ्रेमा नेपाली कांग्रेसको जिल्ला महाधिवेशनका लागि कडा प्रतिस्पर्दा भैइरहेको छ । लामो समयसम्म नेता शिव हुमागाँई र मधु आयार्यको वरिपरि घुमिरहेको नेपाली कांग्रेसको राजनीति अब युवा नेतामा हस्तान्तरण हुने पक्का भएको छ । मंसिर १ गते “शिव हुमागाई र तिर्थ लामा”को प्यानलले उम्मेरदवार घोषणा गरिसकेका छन् । मधु आचार्यसँगको प्यानमा रहेका नेता शिव हुमागाँईले राजनीति करियरलाई जीवित राख्न नेता तिर्थ लामाको प्यानलमा उभिएको नेपाली कांग्रेसलाई नजिकबाट हेरिरहेका विषलेश्कहरुको बुझाई छन् ।

युवा नेता तिर्थ लामाको प्यानलबाट उम्मेरदवार घोषणा गरेको नेता स्मीता मोक्तान निर्विरोध चयन भएको हो । अब नेपाली कांग्रेसबाट राजनीतिक यात्रा शुरु गरेकी स्मीता मोक्तानले समजसेवालाई कसरी लैजाने छन् भन्ने आउँदो दिनले नै बताउने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »