सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा तहसम्म एमालेको कमिटी क्रियाशिल

नेपालगञ्ज, चितवनमा मंसिर १० देखि १२ गते हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सफल पार्न बाँकेमा पनि तिव्रस्तरमा तयारी भईरहेको छ ।

महाधिवेशनमा बढि भन्दा बढि नेता कार्यकर्ताको सहभागिताका लागि बाँकेमा हाल वडा कमिटीहरुको बैठक चलिरहेका छन् । यसैक्रममा शुक्रबार खजुरा गाउँपालिका वडा नम्बर ४ वडा कमिटीको बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष वल वहादुर कठायतको अध्यक्षतामा भएको बैठकले महाधिवेशनको उद्घाटन सत्रमा वडा कमिटीबाट सहभागिता हुने निर्णय गरेको छ ।

वडाभित्रका प्रत्येक पार्टी सदस्यबाट एकसय रुपियाँ संकलन गरि केन्द्रमा जम्मा गरिने भएको छ । बैठकले साविकका वडा समेटेर ५ वटा टोल कमिटी गठन गर्दै त्यसका लागि जिम्मेवारी तोकेको उपसचिव मदन रत्न केसीले बताउनुभयो ।

बैठकमा जिल्ला सचिवालय सदस्य तथा वडा इन्चार्ज सतिश निरौला, खजुरा गाउँपालिका कमिटीका उपाध्यक्ष झकवहादुर पौडेल, जिल्ला कमिटी सदस्यहरु देवराम विसी, तिलकवीर सुनार, निर्मल खनाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

बैठक अघि वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई इन्चार्ज निरौलाले सपथग्रहण गराउनुभएको कमिटीका उपाध्यक्ष रितु गिरीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »