सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म्याराथनको युवा तथा खेलकुद मन्त्री अथकले गरे उदघाटन

नेपालगञ्ज ,युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ९अथक० ले नेपालगञ्ज म्याराथनको उदघाटन गरेका छन् । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए ।

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए । नेपालगञ्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुशी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगञ्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए ।

“राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री अथकले बताए ।

म्याराथनमा सहभागी हुन नेपालगञ्ज पुगेका महानायक राजेश हमालले नेपालगञ्ज खेलकुदको शहर भएको बताए । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगञ्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे ।

स्वास्थ्यसँग सम्बन्धित नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »