सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीर्थ लामाको अवहेलनामा सलाम सि तामाङ, एउटै वडाबाट ७ जना प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि छिनौटमा एकरुपता नहुँदा विवाद र असन्तुष्टि हुनेहरुको समुह बाग्लीदै गएका छन् । विशेष गरेर काभ्रेको तेमाल गाउँपालिकाबाट प्रतिनिधि छनौटमा एकरुपता नहुँदा विवाद भएको विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ । प्रतिनिधि छनौटमा एकरुपता नभएको कारणले नै नेपाली कांग्रेसको पुराना नेता तथा तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सि तामाङले केन्द्रीय महाधिवेशनका लागि खुल्ला तर्फबाट उम्मेदवार घोषणा गरेका छन् ।

प्राप्त जानकारी अनुसार तेमाल गाउँपालिका वडा नं. ५ बाट मात्र नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सदस्यता लिएको १ वर्ष पनि नकटेको व्यक्ति सहित ७ जनालाई प्रतिनिधि घोषणा गरेकोमा तेमाल गाउँपालिकाका नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुले असन्तुष्ट पोखेका छन् ।

युवा नेता कविन्द्र मोक्तानका अनुसार तेमाल गाउँपालिकामा नेपाली कांग्रेसको विरासत थामेर बसेको व्यक्ति सलाम सि तामाङलाई तिर्थ लामाको षड्यन्त्रको कारणले केन्द्रीय महाधिवेशनमा नचुनिएको सारा खबरको प्रतिनिधिलाई बताएको छ । काभ्रेको तेमाल गाउँपालिकाबाट नेता सलाम सि तामाङले १४ औं महाधिवेशनको लागि खुल्ला तर्फबाट उम्मेदवार घोषणा गरेका छन् ।

नेपाली कांग्रेस काभ्रे जिल्लामा शिव हुमागाँई र तिर्थ लामाले नातावाद, व्यक्तिवाद, कृपावाद र डनवादको नीति अनुरुप प्रतिनिधि चयन गरेको नाम नखुलाउने सर्तमा नेपाली कांग्रेसका एक जिल्ल स्तरी वरिष्ठ नेताले जानकारी दिनुभयो ।

उहाँ भन्नु हुन्छ । “तेमाल गाउँपालिकाको वडा नं. ५ बाट मात्रै ७ जना प्रतिनिधि घोषणा गर्नुले के सन्देश दिन्छ त ? यसको मतलव हो नातावाद कृपावाद हो । यसरी नेपाली कांग्रेस पार्टी काभ्रेमा सफल हुन सकिदैन । हामी जस्ता लामो समय देखि नेपाली कांग्रेसमा लागेका व्यक्तिहरु नै बाहिरिनु परेपछि कसरी काभ्रेमा नेपाली कांग्रेस मजबुत हुन्छ त ?”

नेपाली कांग्रेसको प्रतिनिधि छनौटमा तेमाल गाउँपालिकामा मात्र नभएर काभ्रेको सबै गाउँ, नगर र क्षेत्रमा तिव्र असन्तुष्टि बढेको नेपाली कांग्रेस काभ्रेका एक नेताले बताउनु भयो ।

खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशनका लागि उम्मेदवार घोषणा गरेका नेता सलाम सि तामाङले भन्नु भयो । “विशेष गरेर तेमाल गाउँपालिकाबाट प्रतिनिधि छनौटमा एक रुपता नभएको नै हो । वडा नं. ५ बाट ७ जना प्रतिनिधि छनौट गर्न मिल्ने तर अन्य वडाबाट दुई जना पनि नपर्नुको कारण के हो त ? त्यसैले म निरन्तररुपमा नेपाली कांग्रेसकै लागि भनेर काभ्रेको तेमालबाट राजनीति गरे । विपिको नीति र सिद्धान्तलाई व्यवहारमा लागू गर्न र नेपाली कांग्रेसमा व्यक्तिवाद हैन । नीतिवादका लागि मैले खुल्ला उम्मेदवार घोषणा गरेको हो ।”

शिव हुमागाँई र तीर्थ लामाको प्यानलले मंसिर १ गते प्यानलबाट उम्मेदवारी घोषणा गर्दा एउटै समुहमा देखिएका सलाम सि तामाङ देखि धेरै नेताहरुले तीर्थ लामाको साथ छोडिने प्रस्ट हुँदै गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »